रुपन्देहीमा पर्यटकसँग घुस लिएको आरोपमा एक प्रहरी सहित २ जना पक्राउ

  असोज ०६, २०७८

असोज ६ रुपन्देही / पर्यटकसँग घुस लिएको आरोपमा रुपन्देहीमा एकजना प्रहरी सहित २ जना पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार ८ जना भारतीय पर्यटकसँग पाँच सय भारतीय रुपैयाँका दरले ४ हजार घुस लिएको आरोपमा प्रहरी जवान लक्कीचन्द्र लोहार र बेलहियामा रहेको गुजरात ट्राभल्समा काम गर्ने सन्तोष गुप्ता पक्राउ परेका हुन ।

उनीहरुले भारतीय पर्यटकलाई नेपाल भारत सीमा नाका बन्द रहेकोले नेपाल प्रवेश गर्न बसका कर्मचारीलाई घुस खुवाउनु पर्छ भन्दै रकम मागेका थिए । पशुपती दर्शनका लागि नेपाल आउन लागेका ती पर्यटकले नेपाल प्रवेश गरेर उजुरी गरेपछि लोहार र गुप्तालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता सत्यनारायण थापाले जानकारी दिए ।

तपाईंको प्रतिक्रिया

थप खबर