संविधान संशोधन विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण, नयाँ नक्साले मान्यता पायो

  असार ०४, २०७७

४ असार, काठमाडौं । नेपालले जारी गरेको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नयाँ नक्साले संवैधानिक मान्यता पाएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको निसान छापमा राख्ने संविधान संशोधन विधेयक प्रमाणीकरण गरेसँगै नयाँ नक्साले संवैधानिक मान्यता पाएको हो ।

गत जेठ ३१ गते प्रतिनिधि सभा र आज(बिहीवार) राष्ट्रिय सभाबाट बहुमत सहित नयाँ नक्सा पारित भएको छ ।

राष्ट्रपतिले प्रमाणीकरण गरेसँगै उक्त विधेयक अब संविधानको अंग बनेको हो । साथै उक्त विधेयक राजपत्रमा पनि प्रकाशित हुनेछ।

गत जेठ ५ गते सरकारले नेपालको अतिक्रमित भूमी कालापानी, लिपुलेक र लिम्पियाधुरासहितका क्षेत्र समेटेर नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा मन्त्रिपरिषद्बाट पास गरेको थियो । त्यस्तै ७ गते नयाँ नक्सा सार्वजनिक गरेको थियो ।

तपाईंको प्रतिक्रिया

थप खबर